Media Network

इतिहासमा आज : नेल्सन मण्डेलाको रिहाइदेखि मुबारकको पतनसम्म


खबरस्टोरी संवाददाता

२८ माघ २०७८,शुक्रबार

एजेन्सी। आज ११  फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रम :

मन्डेला रिहा

२७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाई लगत्तै मन्डेलाले तत्कालिन राष्ट्रपति एफडब्लू डी क्लर्कसँग वार्ता गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकामा रंगका आधारमा हुने विभेद अन्त्य भएको घोषणा गरिएको थियो ।


युरोपकै पहिलो प्रधानमन्त्री

सन् १९७५ मा मार्गरेट थ्याचर ब्रिटिश कन्जरभेटिभ पार्टीको पहिलो महिला नेतृ बनेकी थिइन् । थ्याचरले सन् १९७९ मा भएको आमनिर्वाचनमा बिजयी भएर बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् । 


होस्नी मुबारकको पतन

३० वर्षसम्म सत्तामा रहेका होस्नी मुबारकले थेग्ने नस्कने आन्दोलनपछि सन् २०११ को ११ फेब्रुवरीमा इजिप्टको राष्ट्रपतिबाट राजीनमा दिन बाध्य भएका थिए । अरब क्रान्तिको एउटा अंशको रुपमा इजिप्टमा फैलिएको आम प्रदर्शनपछि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेका थिए । 


खमेनीको उदय

सन् १९७९ मा आयोतोल्लाह खमेनीले इरानमा शक्ति नियन्त्रणमा लिएका थिए । फ्रान्सको निर्वासनबाट भव्य स्वागतका साथ स्वदेश फर्किएको केही दिनपछि उनी इरानको सर्वमान्य नेता बनेका थिए ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद