आवेको स्वास्थ्य लाभको लागि आफ्नो हृदयबाटै प्रार्थना गरिरहेको किशिदाले बताएका छन् । साथै उनले आवेमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।
प्रधानमन्त्री किशिदाले घटनापछि सरकारका सबै मन्त्रीहरूलाई टोकियो फिर्ता गर्न आदेश दिएको तर निर्वाचन कार्यतालिका परिमार्जन गर्ने कुनै निर्णय नभएको पनि बताएका छन् ।
यसैबीच, आवेमाथि गोली प्रहारमा संलग्न भएको भन्दै ४१ वषीृय एक ब्यक्तिलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यामहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पक्राउ परेका ब्यक्ति तेत्सुया यामागामी नारा सहरको मूल निवासी भएको बताएको छ ।
गोलीबारी लगत्तै सुरक्षा अधिकारीहरूले उनलाई तुरुन्तै नियन्त्रणमा लिएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । ती ब्यक्तिले घरेलु हतियार बोकेको बताइएको छ ।
स्थानीय मिडिया रिपोर्ट अनुसार उनी देशको नौसेना बराबरका जापानको समुद्री सेल्फ–डिफेन्स फोर्सका पूर्व सदस्य हुन् ।