जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार


खबरस्टोरी संवाददाता
२४ असार २०७९, शुक्रबार
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार
टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ। मिडिया रिपोर्टका अनुसार उनको छातीमा दुईवटा गोली लागेको छ। घटनापछि उनलाई अस्पताल लगिएको थियो।