आज बिहान नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।
सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उनले आफ्नो पद छाडेका थिए । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उनको ठूलो भूमिका रहेको छ ।
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता सिन्जाे आबे रहेका थिए । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नाै वर्षभन्दा बढी समय उनले जापानको प्रधानमन्त्रीमा राज गरेका थिए। उनको ६७ वर्षकाे उमेरमा निधन भएकाे छ।