Media Network

जापानको राजनीतिमा दुई दशकसम्म छाएका ‘प्रिन्स’ आबे


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जे आबेमाथि एकाएक नारा सहरको सडकमा भाषण दिइरहेको बेला गोली प्रहार भयो। र घटनापश्चात उनलाई अस्पताल पुराईयो तर उपचारको क्रममा उनको निधन भयो ।।

जापानको माथिल्लो सदनका लागि हुने चुनावका लागि प्रचार–प्रसारका क्रममा आबे नारा पुगेका थिए। गोली लागेपछि आबेलाई ‘कार्डिएक अरेस्ट’ भएको बताइएको छ।गोली लागेकोले आबेको घाँटी र छातिभित्र रगत बगेको थियो।


जापानी राजनीतिका ‘प्रिन्स’ आबे

जापानका पूर्वविदेशमन्त्री शिनतारो आबेका पुत्र शिन्जोलाई त्यहाँको राजनीतिमा ‘प्रिन्स’ भनिन्छ। उनका हजुबुबा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए।

शिन्जु पहिलोपटक १९९३ मा सांसद बने। सन् २००५ मा उनी प्रधानमन्त्री जुनिचिरो कोइजुमीको क्याबिनेटमा मन्त्री भएका थिए। शिन्जेलाई चिफ क्याबिनेट सचिवको महत्वपूर्ण भूमिका दिइएको थियो।

२००६ मा दोस्रो विश्वयुद्धपछि उनी जापानको सबैभन्दा युवा प्रधानमन्त्री बने। तर, एकपछि अर्को कान्डले उनको सरकारलाई पछ्याइ रह्यो।

त्यसपछि जुलाइ २००७ मा शिन्जेको लिबरल डेमोक्रेटिक पार्टीलाई माथिल्लो सदनमा ठूलो क्षति भोग्नु प¥यो।

र, त्यही वर्ष सेप्टेम्बरमा बिमारीका कारण उनले पद छोडिदिए। सन्, २०१२ मा शिन्जे प्रधानमन्त्रीको कुर्सीमा दोस्रोपटक फर्किए। उपचारपछि पूर्ण स्वस्थ्य रहेको उनले घोषणा गरे।त्यसपछि २०१४ देखि २०१७ सम्म शिन्जे फेरि प्रधानमन्त्री पदका लागि चुनिए। जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको कीर्तिमान उनकै रहेको छ।

प्रधानमन्त्रीको कुर्सीमा बसिरहँदा शिन्जोको लोकप्रियतामा कैयौं उतार–चढाव आइरह्यो। तर, लिबरल डेमोक्रेटिक पार्टीमा उनको मजबुत पकडका कारण चुनौती दिने कोही थिएनन्।यतिमात्रै होइन पार्टीले विधान संशोधन गरेर उनलाई पार्टी प्रमुखका रूपमा तेस्रो कार्यकालका लागि पनि अवसर दियो।

सन् २०१३ मा उनले टोक्योस्थित यासुकुनी मन्दिरको भ्रमण गरेका थिए। यस मन्दिरलाई दोस्रो विश्वयुद्धअघि र युद्धका बेला जापानको सैन्यीकरणको प्रतिक मानिन्छ। त्यसै कारणले उनको त्यो भ्रमण विवादमा मुछियो।

सन् २०१५ मा आबेले आत्मरक्षाको अधिकारका लागि वकालत गरे। जापानी सेना र अन्य सहयोगी देशको रक्षाका लागि जापानी सेनालाई तैनाथ गर्न सकियोस् उनको चाहना थियो।जापानका जनता र छिमेकी मुलुकहरूले त्यो सैन्यीकरणको विरोध ग¥यो। तर, विरोधका बाबजुद जापानको संसदले विवादस्पद परिवर्तनलाई अनुमोदन ग¥यो।

शिन्जेको जीवनको सबैभन्दा ठूलो उद्देश्य जापानको सैन्य शक्तिलाई पुनःस्थापित गर्ने थियो। उनको त्यो सपना अझै अपुरो छ। त्यसो पनि यो विषय जापानको राजनीतिमा ज्यादै विवादित मुद्दा रहेको छ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद