Media Network

जापानमा डुंगा दुर्घटनामा १० को मृत्यु


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । उत्तरी जापानमा डुंगा दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । 

मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् । 

२६ जना बोकेको काजु १ नामक पर्यटकीय डुङ्गा शनिबार अपराह्न १ बजेबाट हराइरहेको जापानी अधिकारीले जनाएका छन् । डुङ्गामा २४ यात्रु र चालक दलका २ सदस्य रहेको बीबीसीले जनाएको छ । 

उक्त डुङ्गा अस्थिर समुद्र र चट्टानी तटका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ । हराइरहेका बाँकी २६ जनाको खोजी कार्य जारी छ । (एजेन्सी)


Share:
Reaction :
ताजा समाचार
खेलकुद