Media Network

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित


खबरस्टोरी संवाददाता

१० मंसिर २०७८,शुक्रबार

एजेन्सी। जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन्।   

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र "सम्भवतः छिमेकी राष्ट्रहरू" लाई असर गर्ने स्पानले  बताएका छन्  । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद