Media Network

झडपमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीमाथि गोली प्रहार


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

एजेन्सी। वेस्ट बैंकमा सोमबार बिहान इजरायली सेनासँगको  भिडन्तका क्रममा  एक प्यालेस्टिनी मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।

जमील अल–कयाल नाम गरेको ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन ।  नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद