कोभिडका कारण मेमा पुग्यो ‘आइफा अवार्ड’


खबरस्टोरी संवाददाता
२८ माघ २०७८, शुक्रबार
कोभिडका कारण मेमा पुग्यो ‘आइफा अवार्ड’

काठमाडौं।  २२औं संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड ‘आइफा अवार्ड २०२२’ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ ।

अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन् ।

अवार्ड आबुधाबीको यस आइसल्यान्डमा हुनेछ । यसपटकको अवार्ड भारत स्वतन्त्रताको ७५औं उत्सव र युएईसँगको भारतको दौत्य सम्बन्धको गोल्डेन जुब्लीलाई समर्पित गरिनेछ । अवार्डको होस्ट अभिनेता सलमान खानले गर्नेछन् ।