किन स्ट्रिमिङ साइट्सले हटायो माइकलका तीन गीत ?


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
किन स्ट्रिमिङ साइट्सले हटायो माइकलका तीन गीत ?
एजेन्सी। विश्वविख्यात पप गायक तथा डान्सर माइकल ज्याक्सनका गित स्ट्रिमिङ साइट्सले हटायको छ । हालै मात्र माइकलका तीन गीतलाई स्ट्रिमिङ साइट्सबाट हटाइएको हो । माइकलका यी तीन गीतलाई लामो समयदेखि अरुकै गीत भनेर दाबी भइरहँदा स्ट्रीमिङबाट हटाइएको बताईएको छ ।

यो गीत माइकलको निधन भएको एक वर्षपछि सार्वजनिक गरिएको थियो । यो गीत सार्वजनिक हुनासाथ केही फ्यानले गीतमा अमेरिकी गायक जेसन मलाचीको ओरिजिनल स्वर रहेको दाबी पनि गरेका थिए । 

माइकलले सन् २००७ मा निर्माता एडवर्ड क्यासियो र जेम्स पोर्टेसँग यो गीत लेखेर रेकर्ड गरेका थिए । तर, गीत रेकर्ड भएपछि उनका परिवारकै केही सदस्यले ‘के गीतमा माइकलकै स्वर थियो त ?’ भनी सन्देह व्यक्त गरेका थिए ।

रेकर्ड कम्पनी र ज्याक्सनका प्रतिनिधिले गीतमाथि भइरहेको विवादलाई सजिलो तरिकाले समाधान गर्न गीत हटाउने निर्णय लिएको जानकारी दिएको छ । तर, गीतको प्रमाणिकरणका विषयमा कुनै शंका नगर्न उनीहरुले आग्रह पनि गरेका छन् । उनीहरुले स्ट्रीमिङ साइट्समा एल्बमका अन्य गीत भने उपलब्ध हुने दाबी  गरेका छन् ।