Media Network

कन्टेनर डिपोमा आगो लाग्दा ५ जनाको मृत्यु, दर्जनौँ घाइते


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

ढाका । बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ । मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको सीताकुण्ड सहरमा कन्टेर डिपोमा आगो लागेर विस्फोट भएको बीबीसीले जनाएको छ । 

उक्त दुर्घटनामा परि एक सय जना भन्दा घाइते भएका छन् । 

आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा आगो लागेर विस्फोट भएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद