Media Network

क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि ४ जनाको ज्यान गएको छ । 

प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज ६ सिट क्षमताको थियो र त्यसमा रहेका ४ जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो ।  

दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । 

यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद