Media Network

क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का गरिने


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

एजेन्सी। कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन् । खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका छन् । 

सरकारले चाल्ने कदमको क्षेत्र ‘समय—सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन् । नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना बैंकहरुले प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ । सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन् । 

क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन् । प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए ।

आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो । सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो । सरकारले क्यानडबाट अमेरिका जाने ट्रक चालकहरुलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद