न्युयोर्कमा बुधबार आयोजना भएको एक बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरामा जोड दिएका हुन् । उनले पछिल्लो दुई वर्षमा विश्वमा खाद्यान्न अभाव भएका मानिसहरुको संख्या दोब्बर भएको र यो अवस्था अझै बढ्दै जाने खतरा रहेको भन्दै त्यसका लागि विश्वका सबै देशहरुले नै मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले दिएको जानकारीअनुसार विश्वमा महामारी सुरु हुनुभन्दा अघि विश्वका १३५ मिलियन मात्र मानिसमा खाद्य अभाव भएकामा अहिले त्यो संख्या दुई वर्ष पछि बढेर कम्तीमा पनि २ करोड ७६ लाख पुगेको छ ।
खाद्य असुरक्षाको अवस्था गएका केही वर्षहरुमा निकै बढ्दै गएको पनि देखिएको छ । सन् २०१६ पछि विश्वमा कम्तीमा पनि ५०० प्रतिशतले यो अवस्था बढेको पाइएको पनि समाचारमा जनाइएको छ ।