लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, नेपालसहित ११० मुलुकलाई निम्तो


खबरस्टोरी संवाददाता
८ मंसिर २०७८, बुधबार
लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, नेपालसहित ११० मुलुकलाई निम्तो

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरका एक सय १० देशलाई लोकतन्त्र विषयमा हुने भर्चुअल सम्मेलनमा निम्तो दिएका छन् । यो सम्मेलन ९ र १० डिसेम्बरमा हुँदैछ।

यो सम्मेलनमा चीन र रुसलाई भने निमन्त्रणा पठाइएको छैन। यद्यपि ताइवानले भने यो सम्मेलनमा भाग लिनेछ। अमेरिकी विदेशमन्त्रालयले एक पत्र सार्वजनिक गर्दै यस्तो बताएको हो। 

अमेरिकाको यो कदमले आगामी दिनमा अमेरिका–चीन तनाव थप बढ्न सक्ने आकलन गरिएको छ। केही दिनअघि मात्र चीनले अमेरिकालाई ताइवान मुद्दामा आगोसँग नखेल्न चेतावनी दिएको थियो। 

त्यस्तै बाइडेनले टर्कीलाई पनि निम्तो पठाएका छैनन्।  दक्षिण एसियाली मुलुकमा अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई पनि यो सम्मेलनको लागि  निमन्त्रणा पठाइएको छैन।