अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सीकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ ।
अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन् ।
‘किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सको नराम्रो परिणाम देखिएको छ’, टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने ।
‘बारम्बार निदानबाहेक यी बिरामीहरूले सामान्य मृगौला भएका मानिसहरूको तुलनामा नराम्रो प्रतिकृया देखाए’, उनले थपे ।