Media Network

महाराष्ट्रका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएपछि उनले राजीनामा दिएका हुन् ।

ठाकरेले सामाजिक सञ्जालबाट लाइभ भिडियोमार्फत राजीनामा पद त्याग्नुपर्दा दुःख नलागेको बताएका थिए । भिडियो अभिब्यक्तिपछि ठाकरे राज्यपाल भगतसिंह कोसियारीलाई राजीनामा बुझाउन गएका थिए ।

महाराष्ट्रका राज्यपाल कोसियारीले बहुमत परीक्षण गर्न भन्दै आज ११ बजे विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

अब महाराष्ट्रमा एकनाथ शिन्देसमेतको समर्थनमा भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने सम्भावना रहेकाे छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद