Media Network

मंकीपक्सको पहिलो बिरामी भारतमा पनि भेटिए


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

एजेन्सी।  मंकीपक्स भाइरसका बिरामी भारतमा पनि पहिलो पटक भेटिएको छ ।

बिहीबार केरला राज्यका स्वास्थ्य मन्त्री वीणा जर्जले विदेशबाट फर्केका एक व्यक्तिलाई मंकीपक्सको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको बताइन् । 

ती व्यक्तिलाई परीक्षण गर्दा  मंकीपक्स भएको पुष्टि भएको हो । वीणा जर्जले उक्त संक्रमित व्यक्ति विदेशमा मंकीपक्स बिरामीहरुसँग नजिकको सम्पर्कमा रहेको जानकारी दिईन । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मंकीपक्स जनावरबाट मानिसमा सर्ने एउटा भाइरस हो । मंकीपक्सका लक्षणहरू दादुराका बिरामीमा देखिने जस्तै हुन्छन् । 

यो भाइरस दादुरा गराउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो ।यो संक्रमण पहिलो पटक सन् १९५८ मा फेला पारिएको थियो । 

यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद