Media Network

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

मेक्सिको सिटी । मेक्सिकोमा गोली चल्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । हतियार बोकको ब्यक्तिले गोली चलाउँदा १९ जनाको मृत्यु भएको पश्चिम मेक्सिकोको मिचोआकान राज्यका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

 मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चलेको राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ । 

गोली चन्दा अरू दर्जनौँ घाइते भएको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । 

मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद