Media Network

मेक्सिकोमा प्रहरी कारबाहीमा १० बन्दुकधारीको मृत्यु


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

 एजेन्सी । मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा  १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउ गर्नका लागि पूर्जी लिएर गएका तर त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए । उक्त क्षेत्रमा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ ।

प्रहरी अधिकारीका अनुसार प्रहरीले गरेको कारबाहीम परि ती बन्दुकधारी मारिएका र त्यस क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ। पक्राउ परेकामा चारजना प्रहरीको गोली लागेर घाइते भएका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद