Media Network

मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, थप २७ हजारमा संक्रमण, ८६ को मृत्यु


खबरस्टोरी संवाददाता

४ चैत्र २०७८,शुक्रबार

एजेन्सी। मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् ।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ । यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद