नाइजेरियाको एक चर्चमा भागदौड, कम्तीमा ३१ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
नाइजेरियाको एक चर्चमा भागदौड, कम्तीमा ३१ जनाको मृत्यु
काठमाडौँ । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी नाइजेरियामा रहेको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भागदौड मच्चिएको थियो । 

भागदौडमा कम्तिमा ३१ जनाको मृत्यु भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् । (एजेन्सी)