नेपाल आएका राहुल मध्यराती नाइटक्लबमा


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
नेपाल आएका राहुल मध्यराती नाइटक्लबमा
काठमाडौ।  हिजो मात्रै अचानक काठमाडौं आएका भारतीय काँग्रेस आईका नेता राहुल गान्धी गए राति अबेरसम्म ठमेलको एउटा नाइटक्लबमा देखिएका छन् । झण्डै दुई दर्जनको टोलीसहित गान्धी पौने १२ बजे ठमेलको एलओडी क्लब पुगेका हुन् । साथीको बिहेको निम्तो मान्न नेपाल आएका गान्धी झण्डै डेढ घण्टा क्लबमा बिताएर उनी बौद्धस्थित हायात होटलमा फर्केका थिए । 

गान्धी म्यानमारको निम्ति नेपालका पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमाको बिहेमा सहभागी हुन काठमाडौं आएका हुन् । सुम्निामा नयाँ दिल्लीस्थित सीएनएनकी पूर्वसंवाददाता हुन् ।

पाँच दिनको लागि नेपाल आएका गान्धी शुक्रबार नयाँ दिल्ली फर्कने कार्यक्रम छ । उनी आज र भोलि काठमाडौं बाहिर जाने कार्यक्रम छ । उनी आज र भोलि मुक्तिनाथ र रारा घुम्न जाने कार्यक्रम तय भएको छ ।