Media Network

न्युजिल्यान्डले अन्तर्राष्ट्रिय सीमाना खोल्ने


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । 

सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् । सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन सक्नेछन् । 

अकल्यान्डमा बिजनेश एनजेडको दिवाभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमाना खोल्दा तत्काल सीप अभाव हट्ने, पर्यटन क्षेत्रलाई फाइदा हुने र अध्यागमन सेटिङलाई अझ सुरक्षित तहमा राख्न मद्दत पुग्ने विश्वास गरिन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद