Media Network

न्युयोर्कको एक सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१ जेष्ठ २०७९,आईतवार

एजेन्सी। अमेरिकाको न्युयोर्कस्थित बफेलो सुपरमार्केटमा एक किशोरले अन्धधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।  सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउसो प्रवेश गरेका थिए । एफबीआईले सोे गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । 

पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

१३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए । तीन जना घाइतेलाइ भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले संदिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद