रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर


खबरस्टोरी संवाददाता
२९ कार्तिक २०७८, सोमबार
रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

एजेन्सी। रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताएका छन् ।  

"महामारीजन्य कठिनाइका बावजुद  हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै  ५५ बिलियनको स्तरमा पुर्याएकोछ," शुगाएभले  भने ।