Media Network

ओस्मान हादीको निधनले अस्थिर बन्यो बंगलादेश


खबरस्टोरी संवाददाता

७ पुष २०८२,सोमबार

ढाका । युवा नेता सरिफ ओस्मान हादीको निधनले बंगलादेशको राजनीति वातावरण विग्रिएको छ । बिहीबार राति सिंगापुरको जनरल अस्पतालमा उपचारका क्रममा हादीको निधन भएको थियो । 

१२ डिसेम्बरमा मोटरसाइकलमा आएका दुई नकाबधारीले ढाकामा उनीमाथि गोली हानेका थिए । टाउकोमा गोली लागेपछि उपचारका लागि उनलाई ढाका अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सिंगापुर लगिएको थियो । सिंगापुरमा नै उनको उपचारको क्रममा निधन भएको हो ।

यहि घटनाले गर्दा चुनावी तयारीमा रहेको बंगलादेशको राजनीतिक वातावरण विथोलिएको छ । हादीको निधनले बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भइरहेका छन् ।  

को हुन् सरिफ ओस्मान हादी ? 

३२ वर्षीय हादी सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा अग्रणी मोर्चामा थिए । यस आन्दोलनले शेख हसिनाको सरकारलाई अपदस्थ गरेको थियो । ३० जुन १९९३ मा दक्षिण बंगलादेशको झालोकाठी जिल्लाको नालछिटीमा जन्मिएका हादी उच्च शिक्षा पढ्नका लागि ढाका आएदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

पछिल्लो समय इन्कलाव मञ्चका प्रवक्ता रहेका हादीले आगामी १२ फेब्रुअरीमा हुने भनिएको संसदीय निर्वाचनमा ढाका–८ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने योजना बनाएका थिए । उनी भारतविरोधी नेताका रूपमा चिनिन्थे । बंगलादेशमा विद्यार्थी आन्दोलनले अपदस्थ भएकी पूर्वप्रधानमन्त्री शेख हसिना अहिले भारतमै शरण लिइरहेकी छन् । 

हादीको हत्यामा भूराजीतिको खेल

बंगलादेशका विद्यार्थी आन्दोनका नेता हादीको हत्या हुनुमा भूराजनीति कारण रहेको आशंका गरिएको छ । भारत विरोधी युवा नेताका रुपमा स्थपित भएका हादीको क्रिमिनल समूह परिचालन गरि हत्या भएको हो ।

भारतीय खेल भन्दै बंगलादेशमा आन्दोलनकारीहरूले भारतविरोधी नारा लगाएका छन् । उनीहरूले बंगलादेशको आन्तरिक मामिलामा भारतले दख्खल दिने गरेको भन्दै विरोध गरेका छन् । शेख हसिनाले भारतमा शरण लिएर बंगलादेशविरुद्ध वक्तव्य दिइरहेको उनीहरूको आरोप छ ।

घटनाकोबारेमा छानबिन गर्न भन्दै बंगलादेशी सरकारले छानबिन समिति समेत बनाएको छ । 

हादीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको बंगलादेशको आतंकवादविरोधी युनिट ¥यापिड एक्सन बटालियन (आरएबी) ले जनाएको छ । हत्यामा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । प्रहरीले १३ डिसेम्बरमा घटनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । प्रहरीले अपराधीको सूचना दिने व्यक्तिलाई ५० लाख टाका पुरस्कार दिने घोषणासमेत गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद