Media Network

औपचारिक रुपमै अलग्गिए पप गायिका शकिरा र फुटबलर जेरार्ड


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौँ । स्पेनिस फुटबल लिजेन्ड जेरार्ड पिके र उनकी प्रेमिका कोलम्बियाली पप गायिका शकिरा औपचारिक रुपमै अलग भएका छन् । शकिराले पिकेले संयुक्त विज्ञप्ति जारी गर्दै आफुहरु अलग भएको घोषणा गरेका हुन् ।

’हामि अलग भएको घोषणा गर्दा दुखि छौं । हाम्रा बच्चाको हेरचाह हार्मो उच्च प्राथमिकतामा रहेको छ । हाम्रो गोपनियताको सम्मान गरिदिनु होला ।’ विज्ञप्तिमा भनिएको छ ।

शाकिराले पिकेमाथि अर्की महिलासँग सम्बन्ध रहेको र आफूलाई धोका दिएको आरोप लगाएर अलग भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

 पिके शकिराभन्दा १० वर्ष कान्छा छन् । उनीहरूका दुई छोरा छन् । उनीहरुको उमेरमा पनि १० वर्षको अन्तर छ ।पिके र शकिरा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपदेखि नै सम्बन्धमा थिए । त्यसपछि दुवै फुटबल गीत ‘वाका–वाका’ मा पनि सँगै देखिएका थिए । शाकिरा बाहेक पिके हाल बार्सिलोनाको क्याल मुन्टानेरमा एक्लै बस्दै आएका थिए । 

बार्सिलोनाबाट खेल्ने ३५ वर्षीय डिफेन्डर पिके लामो समयदेखि क्लबका मुख्य डिफेन्डरको सूचीबाट समेत बाहिर छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद