पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत, संसद विघटनको तयारी


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत, संसद विघटनको तयारी
एजेन्सी।  पाकिस्तानको राष्ट्रियसभामा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । त्यसलगत्तै उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

राष्ट्रियसभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् ।

त्यसअघि पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको अविश्वासको प्रस्ताव खारेज गरिएको हो । योसँगै राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित गरिएको थियो । त्यसलगत्तै खानले राष्ट्रपतिलाई राष्ट्रियसभा भंग गर्न सिफारिस गरेका हुन् ।