Media Network

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत, संसद विघटनको तयारी


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

एजेन्सी।  पाकिस्तानको राष्ट्रियसभामा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । त्यसलगत्तै उनले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

राष्ट्रियसभामा विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि खानले देशका नाममा सम्बोधन गर्दै अब जनताले चुनावको तयारी गर्नुपर्ने बताएका छन् ।

त्यसअघि पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखले विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै धारा ५ बमोजिमको अविश्वासको प्रस्ताव खारेज गरिएको हो । योसँगै राष्ट्रियसभा २५ अप्रिलसम्मका लागि स्थगित गरिएको थियो । त्यसलगत्तै खानले राष्ट्रपतिलाई राष्ट्रियसभा भंग गर्न सिफारिस गरेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद