पाकिस्तानी मिडियाबाट आएको समाचारअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे ।
उनको मृत्युको कारण नखुलेको भन्दै पाकिस्तानी प्रहरीले उनको पोस्टमार्टम गरिने बताएको छ ।
उनको निधन भएपछि त्यहाँका संसद बैठक शुक्रबार साँझसम्मका लागि स्थगित गरिएको छ ।