खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
पुरानो सडक, चालकको लापरबाही आदि कारणले पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । (एजेन्सी)