काठमाडौँ। म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी म्यानमारकी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । विनाअनुमति वाकिटकी राखेकोसहितका आरोपमा अदालतले सुकीलाई जेल सजाय सुनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
गएको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्ध उल्लंघन गरेको अभियोगमा सैनिक अदालतले सूकीलाई चार वर्षको जेल सजाय सुनाएको थियो। पछि सो सजाय साढे दुई वर्ष बनाइएको थियो। गएको फेब्रुअरीमा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसपछि सेनाले सुकीसहितलाई हाउस अरेस्ट गरेको थियो।