सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले गर्मीबाट बच्नका लागि एयर कन्डिसनको उचित प्रयोग गर्न भने पाउने छन् ।
जापानको उत्तरपूर्वी क्षेत्रमा मार्चमा गएको भूकम्पले केही आणविक उर्जा केन्द्रहरु सञ्चालनमा रोक लगाएपछि जापानको बिजुली आपूर्तिमा कमी आएको छ । कार्बन डाइअक्साइड उत्सर्जन घटाउने प्रयासमा जापानले धेरै पुरानो इन्धन प्लान्टहरू पनि बन्द गरेको छ । जसले गर्दा विद्युत आपूर्तिमा समस्या आउन सक्ने जापान सरकारको भनाइ छ ।