रुसी हमलामा अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजका दुई पत्रकारको मृत्यु


खबरस्टोरी संवाददाता
२ चैत्र २०७८, बुधबार
रुसी हमलामा अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजका दुई पत्रकारको मृत्यु
एजेन्सी।  अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ। त्यस्तै  अर्का एक जना घाइते भएका छन् । 

राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । 

युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् । मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । 

त्यस्तै हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ ।