Media Network

रुसी हमलामा अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजका दुई पत्रकारको मृत्यु


खबरस्टोरी संवाददाता

२ चैत्र २०७८,बुधबार

एजेन्सी।  अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ। त्यस्तै  अर्का एक जना घाइते भएका छन् । 

राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । 

युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् । मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । 

त्यस्तै हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद