गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा हमला गरेपछि उनको मृत्यु भएको थियो ।
आक्रमणमा ब्राजिलका पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।
अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । आइएसआईएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो उनले युट्युबमा राखेकी थिइन् ।