Media Network

रुसी मिसाइल प्रहार गर्ने युद्धपोत समुन्द्रमा डुब्यो


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

काठमाडौँ । युक्रेनी आक्रमणको परेको रुसी मिसाइल प्रहार गर्ने युद्धपोत डुबेको छ ।  बिहीबार अबेर राति युक्रेनमा सैन्य कारबाहीका क्रममा क्षतिग्रस्त भएपछि युद्धपोत मुस्क्वा ब्ल्याक सीमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

जहाज तान्ने क्रममा सन्तुलन गुमाउँदा समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।त्यस्तै युक्रेनको दक्षिणी सैन्य कमाण्डले नेप्च्युन एन्टी–शिप मिसाइलले रूसी युद्धपोत मास्कभालाई ध्वस्त पारेको दाबि गरेको छ । आक्रमण पछि युद्धपोत डुब्न थालेको र चालक दल जहाज छोड्न बाध्य भएको बताएको छ । तर, रुसले युद्धपोत मिसाइल आक्रमणको खण्डन गरेको छ । रुसले युद्धपोतमा आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान गरिने जनाएको छ ।

रुसले पछिल्लो पटक युक्रेनका सबै क्षेत्रमा एकैसाथ हवाई हमलाको चेतावनी दिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद