Media Network

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२५ माघ २०७८,मंगलवार

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको थियो ।

दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ । पुटिनले बेलारुस र ईयू देशको बारेमा कुरा उठाएका थिए । उनले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गरेका थिए ।

साथै युक्रेनमा पछिल्लो समयमा रुसले आक्रमण गर्नसक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ । युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यसैले अमेरिका र बेलायतसहितका पश्चिमा देशहरुले रुसले त्यहाँ युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन् ।

तर रुसले भने यसको खण्डन गर्दै आएको छ । रुसले अहिले युक्रेनमाथि हमलाको कुनै योजना नरहेको बताउँदै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद