Media Network

रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

एजेन्सी।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ । उनिहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उनिहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

त्यस अवसरमा उनले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गरेका थिए। यस अवसरमा उनिहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी गरेको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उनिहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद