रुसी सेनाको आक्रमणमा परेर युक्रेनको मारियापोल सहरमा ज्यान गुमाएका १ सय ६० युक्रेनी सेनाको शव युक्रेनको राजधानी किएभमा ल्याएर रुसले परिवारलाई बुझाएको छ ।
त्यसैगरी युक्रेनले पनि युद्धका क्रममा ज्यान गुमाएका १ सय ६० जना रुसी सेनाको शव रुसलाई बुझाएको छ ।
रुसले गएको २४ फेब्रुअरीदेखि युक्रेनमा लगातार आक्रमण गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना केही सैनिक रुसी सेनाको कब्जामा रहेका र उनीहरुको रिहाइका लागि प्रयास भइरहेको बताए ।