रुस राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित


खबरस्टोरी संवाददाता
२५ चैत्र २०७८, शुक्रबार
रुस राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित
काठमाडौं । रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । संयुक्त राष्ट्र संघको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर भएको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । मतदान प्रक्रियामा नेपालसहित ५८ देश अनुपस्थित रहेका थिए । 

चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।