रुस र युक्रेनबीचको वार्ता निष्कर्षबिहीन


खबरस्टोरी संवाददाता
१६ फाल्गुन २०७८, सोमबार
रुस र युक्रेनबीचको वार्ता निष्कर्षबिहीन

युद्धको पाँचौ दिनमा रुस र युक्रेनबीचको वार्ता निष्कर्ष बिहीन बनेको छ ।साढे तीन घण्टा सम्म बेलारुसको सीमा क्षेत्रमा भएको वार्तामा युक्रेनले तत्काल युद्ध विरामको माग गरेको थियो भने रसियाले विभिन्न शर्त राखेको थियो ।

वार्ता निष्कर्षबिहिन बनेपछि थप छलफल गर्न सक्ने भन्दै दुबै प्रतिनिधिमण्डल बाहिरिएका थिए ।