यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् । रूसी गोलाबारीले अझै पनि मारिउपोलबाट प्रभावकारी मानवीय कोरिडोर स्थापना गर्न रोकिरहेको राष्ट्रपति उनले बताए ।
रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ । रुसी हमलामा २५ लाख भन्दाबढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झन्डै १०० जना बालबालिका रहेको अनुमान गरिएको छ । हमलाका कारण दैनिक सयौं बालबालिका बिस्थापित हुने गरेको विभिन्न विवरणहरुमा जनाइएको छ ।