Media Network

रुसका स्कुलमा युक्रेनविरोधी शिक्षा दिइने घोषणा


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७८,बिहीबार

एजेन्सी। रुसका स्कुलमा बालबालिकाहरूलाई युक्रेनविरोधी शिक्षा दिइने भएको छ। रुसी नागरिकहरुलाई य्रकेनमाथिको आक्रमणको बारेमा जानकारी गराउनका लागि रुसको शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई यसबारे भर्चुअल कक्षा सञ्‍चालन गर्न निर्देशन दिएको हो ।

रुसको शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा रहेका विद्यार्थीहरुलाई 'युक्रेनमा जनमुक्ति मिसन किन आवश्यक पर्‍यो?' भन्‍ने विषयमा कक्षा सञ्‍चलान गर्न निर्देशन दिइएको हो। 

विद्यार्थीहरुलाई नाटोको उपस्थितिले उत्पन्‍न गर्नसक्ने खतरा, रुसले दोनेत्स्क र लुहान्स्कका नागरिकको सुरक्षा गर्नुको कारणलगायतका विषयमा पढाइने भएको छ। 

रुसी शिक्षा मन्त्रालयले सामाजिक सञ्‍जालम फेसबुकमार्फत जारी गरिएको विज्ञप्तिमा सूचनाको बाढीमा सत्य र झुटो कसरी छुट्याउने, फोटो र भिडियोमा वास्तविकता कसरी पहिचान गर्नेलगायतका विषयमा पढाइने उल्लेख गरिएको छ। - बीबीसी


Share:
Reaction :
ताजा समाचार
खेलकुद