Media Network

रुसको सरकारी टिभीकी सम्पादकले लाइभ समाचारमै युद्धको विरोध गरेपछि…


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

सोमबार साँझ रुसको राज्य नियन्त्रित च्यानल १ मा एक समाचार प्रशारण भैरहेका बेला युद्ध विरोधी चिन्ह लिएकी एक महिला पर्दामा देखिइन् । मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारण भैरहेको समयमा उनले समाचार प्रस्तोताको पछाडिबाट युद्धविरोधी प्लेकार्ड देखाइन् । 

‘युद्ध होइन । युद्ध रोक । प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्,’ उक्त्त प्लेकार्डमा लेखिएको थियो । प्लेकार्डको अन्तिममा लाइनमा , ‘रुसीहरु युद्धको विरोधमा छन्' भनेर लेखिएको थियो। 

त्यस्तै प्लेकार्ड देखाउने महिला उक्त्त टेलिभिजनकी सम्पादकक भएको त्यहाँको स्वतन्त्र मानव अधिकार अनुगमन समूह ओभीडी–इन्फोले जनाएको छ । समूहका अनुसार विरोध गर्ने कर्मचारीको नाम म्यारिया ओभस्यानिकोभा हो । उनी अहिले प्रहरी नियन्त्रणमा रहेको सीएनएनले जनाएको छ ।

रुसी समाचार संस्था तासले ओभीडी–इन्फोको रिपोर्ट पुष्टि गर्दै ती युवतीविरुद्ध अभियोग लगाइन सक्ने जनाएको छ । प्रसारणमा बाधा पुर्‍याउनुअघि ओभस्यानिकोभाले युद्धको विरोधमा बनाएको एउटा भिडियोे प्राप्त गरेको सो समूहले जनाएको छ ।

‘युक्रेनमा अहिले जे भइरहेको छ त्यो अपराध हो । रुस आक्रमणकारी देश हो । यो आक्रमकताको जिम्मेवारी केवल एउटा व्यक्तिको अन्तस्करणमा छ । त्यो मान्छे भ्लादिमिर पुटिन हो ।’ भिडियोमा उनले भनेकी छिन् । उनका बाबु युक्रेनी र आमा रुसी नागरिक भएको सीएनएनले जनाएको छ ।

एजेन्सी

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद