एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेलगत्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । राष्ट्रपति गोटाबाया राजपक्षे मंगलबार राती देश छोडेर सेनाको जाहाजमा देश छोडेर माल्दिस भागेका छन् ।
राष्ट्रपति देश छाडेर भागेपछि प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ ।