Media Network

राष्ट्रपति भवनमै जब लाखौं श्रीलंकाली जनता प्रवेश गरे...


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । आर्थिक संकट ब्यहोरिरहेको श्रीलंकामा प्रदर्शनकारीहरुले शनिवार राष्ट्रपति भवन नै कब्जा गरेका छन् । लाखौं प्रदर्शनकारीहरुले राष्ट्रपति भवन नै कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् ।

श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेका थिए । सञ्चार माध्यमहरुका भिडियो फुटेजमा ठूलो संख्यामा रहेका प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेको देखिएको छ । राष्ट्रपति भवनभित्रै प्रवेश गरेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवनबाटै सम्बोधनसमेत गरेका थिए । 

श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरिएको छ । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । 

विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट ब्यहोरिरहेको छ । आर्थिक संकट चुलिँदै गएपछि विद्यालयहरुसमेत बन्द गरिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद