Media Network

राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त क्षेत्रको भ्रमणमा


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युद्धग्रस्त क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

शनिबार उनले युद्धले क्षतिग्रस्त दक्षिणी शहर माइकोलाइभको भ्रमण गरेका छन् ।  रूसी आक्रमण पछि उनको कीभ बाहिरको यो पहिलो भ्रमण हो ।जेलेन्स्कीको कार्यालयले शहरमा नराम्ररी क्षतिग्रस्त अग्लो आवासीय भवनलाई हेरिरहेको र स्थानीय अधिकारीहरूसँग बैठक गरिरहेको भिडियो प्रकाशित गरेको छ।

रुसी आक्रमणमा दुई जनाको ज्यान गएको एक दिनपछि उनको यो भ्रमण भएको हो । फेब्रुअरी २४ मा आक्रमण शुरु भएदेखि नै माइकोलाइभलाई रुसी सेनाले निशाना बनाएको छ।

भिडियोमा जेलेन्स्कीलाई स्थानीय गभर्नर भिटाली किमले आवासीय भवनमा क्षति पुर्याएको विवरण देखाएका थिए । अग्लो भवनमा अपार्टमेन्टको भित्री भागमा खाल्डो देखिन्थ्यो। त्यस्तै एउटा चकनाचुर झ्यालमा नीलो र पहेंलो युक्रेनी त्रिशूल देखिन्थ्यो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद