Media Network

राष्ट्रपति सीद्वारा गाम्बियाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकामा एडमा ब्यारोलाई बधाइ


खबरस्टोरी संवाददाता

९ पुष २०७८,शुक्रबार

एजेन्सी। चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार गाम्बियाको राष्ट्रपतिमा पुन: निर्वाचित भएकामा अदामा ब्यारोलाई बधाइ सन्देश पठाएका छन् ।

आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन र गाम्बियाबीच कूटनीतिक सम्बन्ध पुन: शुरु गरेदेखि उनिहरूबीचको राजनीतिक आपसी विश्वास अझ गहिरो भएको, विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग फलदायी भएको र दुवै पक्षले आ-आफ्ना मूल मुद्दाहरूमा एकअर्कालाई समझदारी र समर्थन गरेको बताएको छ ।

राष्ट्रपति सीले चीन-गाम्बिया सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र चीन-अफ्रिका सहयोग फोरमको ढाँचाभित्र द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउन ब्यारोसँग काम गर्न तयार रहेको बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद