Media Network

सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

एजेन्सी। सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

उत्तरी खार्तूममा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ जहाँ प्रदर्शनकारीहरूले रातभरि विरोध प्रदर्शन जारी राखेका थिए। गत महिना सेनाले कब्जामा लिएपछि कू विरोधी बुधबारको प्रदर्शनी सबैभन्दा घातक र आक्रामक देखिएको बताइएको छ। चिकित्सकहरूले  जनाएअनुसार बुधबारको प्रदर्शनमा कम्तीमा १५ जना प्रदर्शनकारीको मृत्यु भएको  र तीमध्ये अधिकांश उत्तरी खार्तुममा थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद