Media Network

सिनी शेट्टीलाई मिस इण्डिया २०२२ को उपाधि


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

मुम्बई । कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने ।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो ।

सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् । (एजेन्सी)

Share:
Reaction :
ताजा समाचार
खेलकुद